
नगरपालिकाले संचालन गरेको क्लिन फलेवास ग्रीन फलेवास अभियानलाई प्रभावकारी रुपमा कार्यनयन गर्ने उदेश्यले शुक्रबार उक्त कार्यक्रम नगरको सभाहलमा सम्पन्न भएको हो ।
बैठकमा आगामी मंसिर २५ गतेदेखि नगरका ११ वटै वार्डहरुमा पुगेर जनचेतनामूलक कार्यक्रमहरु संचालन गरिने, वार्ड, बिद्यालय र टोलटोलममा गठन भएका समितिका पदाधिकारीहरुलाई उक्त अभियान सम्बन्धि तालिम दिइने लगाएतका निर्णय गरिएको नगरपालिकाका प्रवक्ता तथा वार्ड ४ का वार्ड अध्यक्ष टिकाराम गौडेलले जानकारी दिनुभयो ।
नगरले संचालन गरेको क्लिन फलेवास ग्रीन फलेवास अभियानले तत्काल फाइदा नदिएपनि दीर्घकालीन लाभ लिन सकिने बताउदै नगरले मानव संसाधनको विकासमा जोड दिएको नगर प्रमुख पदमपाणी शर्माले बताउनुभयो ।
नगरको सर्वाङ्णी, बहुआयामिक तथा बहुउद्देश्यीय विकासमा जोड, सकारात्मक सोच र खोजको विकास गरि सफा सुन्दर फलेवास समावेशी, वातावरणीय, मानवीय, सामाजिक, आर्थिक, सांस्कृतिक एवम् भौतिक विकासमा जोड दिएर सुखी फलेवासी खुसी फलेवासिका लागि यो अभियान अगाडि बढाइएको नगर प्रमुख शर्माले बताउनुभयो । नगरपालिकाले थालनी गरेको यो अभियानलाई सबैले साथ दिन र सहयोग गर्न आग्रह गर्दै नगरका हरेक नागरिकहरुले आफ्नो आनिबानिमा परिवर्तन गरी आफ्नो घरबाट नै सरसफाइको अभियान थालनी गर्नुपर्ने उहाँले बताउनुभयो ।
अभियानले आर्थिक विकास र रोजगारलाई समेत जोड दिएको बताउदै नगरका सबै वार्डमा कार्यक्रमलाई प्रभावकारी बनाउन विभिन्न योजना बनाएर काम गरिने नगरका योजना व्यवस्थापक देविप्रसाद तिमिल्सिनाले बताउनुभयो । अभियानको उपलब्धिका बिषयमा मुल समितिको बैठक बर्षको २ पटक, वार्डमा २ महिनाको १ पटक, र बिद्यालय तथा टोल समितिको बैठक महिनको १ पटक बसेर समिक्षा तथा सुधारका कार्यहरू गरिने उहाँले बताउनुभयो । नगरको स्रोत साधनको उचित प्रयोग, नियम र मापदण्डअनुसार कुहिने नकुहिने फोहोरको वर्गीकरण तथा व्यवस्थापन, निजि तथा सार्वजनिक स्थलको सरसफाइ ,फोहोरलाई मोहरमा बदल्ने तरिका,फोहोर संकलन गर्ने सरल र उपयोगी तरिका, डस्बिनको उचित प्रयोग, फोहोरको पुनः प्रयोग गर्न सकिने तरिका, लगाएतको विषयमा छलफल गरिएको थियोे । त्यस्तै अभियानलाई सफल बनाउन फलेवास नगरपालिकाको जैविक र अजैविक फोहोर, अस्पतालजन्य, उद्योगजन्य, बिद्धुतिय, हानिकारक फोहोर लगाएतको व्यवस्थापनका बिषयमा पनि छलफल गरिएको छ ।
नगर प्रमुख पदमपाणि शर्माको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्रोत व्यवस्थापन प्रालि फोहोर व्यवस्थापनका प्रतिनिधि कृष्ण भण्डारी,नगरका योजना व्यवस्थापक देविप्रसाद तिमिल्सिना, सेक्रेट नेपाल पर्वतका प्रतिनिधि टिकाराम भुसाल लगाएतले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा क्लिन फलेवास ग्रीन फलेवास अभियान व्यवस्थापन समितिका पदाधिकारीहरु, नगरका कर्मचारी, नगरमा रहेका क्याम्पसका प्रमुख तथा प्रतिनिधि, विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधि, पत्रकार लगाएतको सहभागीता रहेको थियो ।