पर्वतको खानीगाउँमा मोटरसाईकलको ठक्करबाट महिलाको मृत्यु - News site from Nepal

पर्वत– पर्वतको फलेवास नगरपालिका वडा नं. ५ खानीगाउँकी एक महिलाको मोटरसाईकलको ठक्कर वाट ज्यान गएको छ ।
शनिवार साझँ साढे ६ वजेको समयमा स्थानीय ५० बर्षीया विष्णुदेवि दर्जीलाई मोटरसाईकलले ठक्कर दिएको थियो । मादक पदार्थ सेवन गरी खानीगाउँवाट देविस्थानतर्फ जाँदै गरेको तीनजना सवार ध १ प ३६६६ नम्बरको मोटर साईकलले ठक्कर दिँदा गम्भीर घाईते भएकी दर्जीलाई उपचारका लागि पोखरा लैँजादै गर्दा बाटोमै मृत्यु भएको हो ।
मृतक दर्र्जीको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल पर्वतमा राखिएको छ । मोटर साईकलमा सवार तीनजना मध्य पाल्पा घर भई हाल फलेवासमा मजदुरी गर्दै आएका सुमन सुनारलाई प्रहरीले नियन्त्रणमा लिएको र अन्य २ जना को खोजिकार्य भैरहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2023 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!