माधब पराजुली,पोखरा
गण्डकी प्रदेशका उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्री विकास लम्सालले विगतको तुलनामा पर्यटन क्षेत्रमा निकै उल्लेखनिय सुधार आएको बताउनुभएको छ । २० बर्षमा प्रवेष गरेको अवसरमा नेपाल पर्यटन वोर्ड गण्डकी प्रदेश पोखराले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री लम्सालले पर्यटन प्रर्वद्धनात्मक बिभिन्न कार्यक्रहरुले पछिल्लो समय पर्यटन क्षेत्रमा उल्लेखनिय सुधार आएको दावी गर्नुभयो ।
अद्धितीय पर्यटकीय क्षेत्रको विद्यमानता,पर्यटकीय क्षेत्रमा पूर्वाधार विकास बढ्दै जानु,बिभिन्न देशबाट नेपाल घुम्न आउने पर्यटकहरुको संख्यामा वृद्धि हुनु,शान्ति सुरक्षाको अवस्था सुधार हुंदै जानु,पर्यटकीय उत्पादनमा जोड दिनु,आम नेपालीमा बढ्दो आन्तरिक पर्यटन प्रबृति बढ्नु,हवाई सेवामा बृद्धि, साहसिक तथा सांस्कृतिक पर्यटनको विस्तार तथा विकास र अन्तराष्ट्रिय संस्थाहरुद्धारा विश्वमा भ्रमण गर्नै पर्ने स्थानहरुको सूचीमा नेपालका पर्यटकीय गन्तव्य समावेश हुंदै जानुनै पर्यटन क्षेत्रमा देखिएका उल्लेखनिय सुधार हुन मन्त्री लम्सालले भन्नुभयो ।
मन्त्री लम्सालले पर्यटन क्षेत्रमा थप धेरै काम गर्नुपर्ने बताउदै पर्यटनको विकासलेनै देशमा आर्थिक विकास हुने धारण राख्नुभयो ।
मन्त्री लम्सालले पर्यटन विकासका लागि नयाँ कानुन र योजना ल्याउन आवश्यक रहेकोमा जोड दिदै पर्यटन क्षेत्रका देखिएका समस्याहरुको हल गरि पर्यटन बाट समृद्धिको यात्रामा मुलुक लाई अगाडि बढाउन सकिने बताउनुभयो । हामीले आर्थीक समृद्धि हासिल गर्ने कृषि,पर्यटन र उर्जा बाटनै हो, यसमा पनि अझधेरै पर्यटन क्षेत्रमा धेरै प्रयाप्त सम्भावना रहेको छ, मन्त्री लम्सालले भन्नुभयो” जसको लागि निजि क्षेत्र तथा पर्यटन सँग सम्बन्धित संस्थाहरुले थोरै लगनशिल भएर फरक ढंगले प्रचार प्रचारमा लाग्ने हो भने नेपाल पर्यटन विकास गर्न सकिन्छ” ।
उहाँले ताल पर्यटनको अभिन्न अंग रहेको चर्चा गर्दै गण्डकी प्रदेशलाई तालैतालको शहरको रपमा विकास गर्न सरकारले योजना बनाएको बताउनुभयो । प्रदेश सरकारले तालको विकासका लागि ताल प्राधिकरणनै गठन गर्न लागेको र यसका लागि आवश्यक कानुन मन्त्रालयले बनाउदै गरेको उहाँको भनाई थियो ।
नेपाल पर्यटन वोर्डका निर्देशक आदित्य वरालले निकै चुनौतिका साथ स्थापना गरिएको नेपाल पर्यटन वोर्डले पर्यटन प्रवद्र्धनमा धेरै उल्लेखनिय काम गर्दै आएको बताउनुभयो । आज सम्मको यात्रामा आईपुग्दा संस्थागत चुनौति तथा अन्य समस्याहरु आईलागेको र समस्याको बाबजुत पनि पर्यटन वोर्डले आफ्नो साख जोगाएको बताउदै पर्यटनको माध्यम बाट राज्यमा आर्थीक उदारिकरण,वजारमुखी अर्थतन्त्रलाई वढुवा दिने र समृद्ध नेपाल बनाउन राज्यको निती अनुसार गठित संस्थाले पर्यटन प्रवद्र्धनमा उत्कृष्ट काम गरेको दावी गर्नुभयो ।
कार्यक्रममा नेपाल पर्यटन वोर्डका पूर्व सदस्यहरु वासु त्रिपाठी,अग्नि कड्ेल,टिकाराम सापकोटा,पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जिवी पौडेल,नेपाल पत्रकार महासंघ पोखराका अध्यक्ष दिपेन्द्र श्रेष्ठ लगाएतले पर्यटन बाट समृद्धि प्राप्त गर्नका लागि पर्यटन क्षेत्रको विकास गर्नुपर्नेमा जोड दिनुभयो ।
नेपाल पर्यटन वोर्ड गण्डकी प्रदेश पोखराका कार्यकारी निर्देशक मणिराज लामिछानेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन वोर्डका प्रबन्धक सूर्य थपलियाले गर्नुभएको थियो ।