प्रमुख समाचार

राष्ट्रिय पुननिर्माण प्राधिकरणको तेस्रो स्थापना दिवश पर्वतमा यसरी मनाईयो

By लोकतन्त्र अनलाईन

December 28, 2018

पर्वत/राष्ट्रिय पुननिर्माण प्राधिकरण स्थापना भएको तेस्रो स्थापना दिवश पर्वतमा पनि मनाइएको छ ।राष्ट्रिय पुननिर्माण प्राधिकरण , अनुदान ब्यबस्थापन तथा स्थानिय पुर्वाधार इकाई पर्वत र जिल्ला आयोजना कार्यान्वयन इकाई, शिक्षाको आयोजनामा स्थापना दिवस मनाइएको हो । कार्यक्रमममा बोल्नेबक्ताहरुले भूकम्पपिडीतहरुले घर बनाएपनि अहिले सम्म दोस्रो र तेस्रो किस्ता बुझ्ने क्रम नबढेको भन्दै पिडीतहरुले प्रभावकारी रुपमा राहत पाउने ब्यबस्था मिलाउँदै पुननिर्माणको गति अघि बढाउन आग्रह गरेका थिए । कार्यक्रममा बोल्ने वक्ताहरुले पुननिर्माणमा कुनै पनि वाहना नबनाई सहज रुपमा पीडितलाई सहयोग गर्न सुझाव दिएका थिए । पूननिर्माणका क्रममा आएका गुनासाहरुको सम्बोधन गर्न र भएका समस्याहरुलाई छलफलबाट निकाश निकाल्न आग्रह समेत गरिएको छ । घर नबनाई रकम मात्रै बुझने क्रम बढेको भन्दै त्यस्तालाई कानुन अनुसार कारवाहि गरि वास्तविक पीडितलाई न्याय दिन पनि सरोकारवालाहरुले सुझाव दिएका थिए ।कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति पर्वतका प्रमुख मनोहर बिश्वकर्मा पौडेलले पुननिर्माणको गति बढाउँदै पिडीतले छिटो भन्दा छिटो राहत पाउने ब्यबस्था मिलाउन आग्रह गर्नुभयो । उहाँले भुकम्प गएको चार बर्ष बिती सक्दा पनि अझैपनि पाल मुनि रात काट्ने अवस्था आउन नदिन सबै सचेत हुनुपर्छ भन्नुभयो ।प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले स्थानिय स्तरमा खटिएका प्राबिधीकले तोकिएको काम समयमा सक्न र कठिनाई आएमा समन्वय गर्न आग्रह गर्नुभयोपर्वतमा विनाशकारी भूकम्प गएको साढे तीन वर्ष बितिसक्दा पर्वतमा १६ जनाले मात्रै घर निर्माण गरि तेस्रो किस्ताको रकम बुझेका छन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ पर्वतले दिएको जानकारी अनुसार भूकम्पबाट पूर्ण क्षति पुगेका जिल्लाका पाँच हजार २६९ घरमध्ये हालसम्म १६ जनाले तेस्रो किस्ताको रकम बुझिसकेका छन् । भने, १ हजार ६ सय ६ जनाले दोस्रो किस्ता बुझिसकेका छन् । ४ हजार ८ सय ४६ जनाले पहिलो किस्ताको रकम बुझेका थिए । कार्यालय प्रमुख जगदिश शर्माले नीजि आवास पुननिर्माणको प्रगति पेश गर्नुभएको हो ।पर्वत जिल्लामा भूकम्पले भत्किएका विद्यालयको पुननिर्माण धमाधम भैरहेको छ । जिल्ला आयोजना कार्यान्वयन ईकाई शिक्षाका अनुसार भूकम्पले १७५ वटा बिद्यालय प्रभावित भएका थिए । ति विद्यालयका ३ सय ६१ कक्षाकोठामा भूकम्पले क्षती पु¥याएको थियो । तीन वर्षको अवधिमा साविकको जिल्ला शिक्षा कार्यालय र हाल जिल्ला आयोजना कार्यान्वयन ईकाइ शिक्षा मार्फत ९१ विद्यालयका २३२ कक्षाकोठा निर्माण भएका छन् । ८ कोठे भवन २ वटा बिद्यालयमा भवन बनेका छन् ।