चन्द्रेश्वर शिवालयमा सञ्चालित महायज्ञमा करिब चालीस रुपैयाँ लाख संकलन - News site from Nepal

पर्वत– जलजला गाउँपालिका ५ सहस्रकमाय स्थित चन्द्रेश्वर शिवालय मन्दिरमा सञ्चालित शिवमहापुरण तथा विश्वशान्ति धनधान्याचल ज्ञानमहायज्ञको दसौ दिन बुधबारसम्म करिब चालीस लाख रुपैयाँ सहयोग प्राप्त भएको छ ।

पुष २ गतेदेखि सुरु भएको ज्ञानमहायज्ञमा ३९ लाख ८० हजार २२५ रुपैयाँ सहयोग संकलन भएको हो । महायज्ञ मुल आयोजक समितिका अध्यक्ष सुवेदार शेरबहादुर खत्रीले एक लाख एक हजार १५१ रुपैयाँ र दमबहादुर पुनले ५० हजार ११५ रुपैयाँ सहयोग गर्नुभएको छ । यसैगरी विदेशबाट तीन लाख ३५ हजार रुपैयाँ सहयोग प्राप्त भएको छ ।

ओझलमा परेको चन्द्रेश्वर शिवालयको प्रचारप्रसारका साथै नियमित पुजा सञ्चालन र पूर्वाधार निर्माणका लागि आयस्रोत जुटाउने उद्देश्यले महायज्ञको आयोजना गरिएको हो । पुष १२ गतेसम्म सञ्चालन हुने महायज्ञमा पण्डित भिमनाथ पराजुलीले कथावाचन गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!