प्रमुख समाचार

जलजला गाउँपालिकाको पाँचौ गाउँसभा सम्पन्न, ८ वटा कार्यबिधी पास

By लोकतन्त्र अनलाईन

December 21, 2018

पर्वत /पर्वतको जलजला गाउँपालिकाको पाँचौ गाउँसभा बिहीबार लामाखेतमा सम्पन्न भएको छ ।बिभिन्न कार्यबिधीहरु तथा योजना र कार्यक्रम पास गर्दै गाउँसभा सम्पन्न भएको हो ।गाउँसभाले ८ वटा कार्यबिधी पास गरेको प्रमुख प्रशासकीय अधिकृत मुना अधिकारीले जानकारी दिइन । न्यायिक समितिले उजुरीको कारवाही गर्दा अपनाउनुपर्ने कार्य्विधि २०७५,घ बर्गको निर्माण व्यवसायी इजाजत सम्बन्धी कार्य्विधि २०७५, सम्पत्ति तथा भूमि कर व्यवस्थापन कार्यन्वयन कार्य्विधि २०७५,स्थानीय राजपत्र प्रकाशित कार्य्विधि २०७५ गाउँसभाबाट पारित भएको प्रमुख प्रशासकीय अधिकृत मुना अधिकारीले बताइन् ।गाउँपालिका भित्रका पक्कीघरहरुको अभिलेखन(नक्सा नियमित) तथा नयाँ बन्ने घरहरुको अनिवार्य नक्सापास गर्ने पनि पालिकाले गरेको छ । पुराना पक्कीघरधनीले ६ महिना भित्र घरको नक्सा नियमित गरिसक्नुपर्ने गाउँसभाले निर्णय गरेको प्रमुख प्रमुख प्रशासकीय अधिकृत अधिकारीले बताइन ।यसबाहेक गाउँपालिकाले सम्पतिकर र भूमिकर संकलन तथा ब्यबसाय दर्ता गर्न वडावडामा शिबीर आयोजना गर्ने निर्णय पनि गरेको छ । गाउँपालिका र वडा कार्यलयमा राखिने नागरिक वडापत्र समेत स्विकृत गरेको अधिकारीले जानकारी दिइन ।यसअघि गाउँसभाको उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष यामबहादुर मल्लले प्रहरी प्रशासन र जिल्ला समन्वय समितिले गाउँपालिकाको क्षेत्राधिकार मिचेर हस्तक्षे गरेको आरोप लगाए । पटक पटक प्रशासन,प्रहरी र समन्वय समितिले नदीजन्य पर्दाथको उत्खनन र बिक्रीको टेण्डर आब्हान गर्दा ९० लाखको ठेक्का ५० लाखमा झरेको बताए । हस्तक्षेपका कारण प्राकृतिक स्रोत साधनको उपयोग र आन्तरिक आयमा प्रत्यक्ष प्रभाब परेको अध्यक्ष मल्लको भनाई छ । हस्तक्षेपका बिरुद्ध संघिय सरकारमा जाने तथा समाधान नभए अदालत नै जाने चेतावनी दिए । सभामा वडा अध्यक्षहरु प्रमुख प्रशासकीय अधिकृत अधिकारी र सुचना अधिकारी लिलाधर सुवेदीले मन्तब्य ब्यक्त गरेका थिए ।