बाँदरका कारण खेतबारी बाँझै राख्न थाले ठुलीपोखरीबासीले - News site from Nepal
बाँदरका कारण खेतबारी बाँझै राख्न थाले ठुलीपोखरीबासीले

पर्वत, ः केहि वर्ष अघिसम्म वर्षका तीन खेती गर्दै आएका यहाँको एक गाउँका बासिन्दाले अहिले खेती गर्न छाडेर खेतवारी बाँझै राख्न बाध्य भएका छन् ।
पर्वतका कुश्मा नगरपालिकाका वडा नं. १२ ठुलीपोखरीका बासिन्दाहरुले बाँदर आतंकका कारण लगाएको बालीनाली भित्र्याउन नपाएपछि खेतवारी बाँझै राखेका हुन् । विहान उज्यालो भएदेखि साँझ नपरुन्जेल बस्ती वरिपरी हुलका हुल बाँदर आएर बाली नाली, फलफुल, तरकारी खान थालेपछि खेतीनै लगाउन छाडिएको स्थानीय हेमराज सापकोटले जानकारी दिनुभयो ।
वर्षायाममा खेतमा धान, त्यसपछि गहुँ, जौ वा तोरी र त्यसपछि मकै गरी तीनवाट अन्नका जात भित्र्याउने गरिन्थ्यो, सापकोटले पुराना कुरा स्मरण गर्दै भन्नुभयो बारीमा पनि मकै, कोदो र तोरी या गहुँ लगाईन्थ्यो, केहि मात्रामा आलु समेत लगाउने चलन थियो, तर अहिले जति बाली लगाएपनि एउटा गेडो भित्र्याउन पाईदैन त्यै भएर खेती गर्न छाडियो सापकोटाले भने । उनले खेतवारीमा मात्र नभई घर भित्रै पसेर पनि अनाजहरु बाँदरले खाईदिँदा स्थानीयवासी निकै समस्यामा परेका छन् ।
अहिले सामुदायिक वा सरकारी बनको छेउछाउँमा रहेको अधिकांस खेत बाँझै छाडिएको छ भने, अन्य खेतवारीमा पनि वर्षमा एक खेती मात्र गरिँदै आएको छ । खेतमा धान मात्रै र बारीमा मकै वा कोदो मात्र खेती गर्न थालिएको स्थानीय रामप्रसाद सापकोटाले बताउनुभयो ।
चार वर्ष अघिसम्म बाँदर गाउँमा आएको थिएन, अहिले खोला, भिर पहरा भन्दा गाउँमा बढि बस्न थालेको छ स्थानीय हरि सुवेदीले भने । विहान उठ्ने वित्तिकै घर नजिकैका अग्ला बुटाहरुमा आएर बस्छ, मान्छे नभएको थाहा पाउने वित्तिकै घर भित्र पस्छ, निकै समस्यामा परियो, सुवेदीले भने । बाँदरका कारण भएको खेतवारी बाँझै छाडेर बजारबाट चामल, तरकारी, आलु किनेर खानुपर्ने बाध्यता भएको उनिहरुले बताएका छन् ।
स्थानीयले बाँदरको आतंक न्यूनिकरण गर्नका लागि कुश्मा नगरपालिका सँग माग गरेका छन् । पर्वतकै महाशीला गाउँपालिकामा बाँदर नियन्त्रण गरेर खोरमा थुन्ने र बर्दिया राष्ट्रिय निकुञ्जमा पठाउने अभियान चलेका बेला कुश्मा नगरपालिकाको उक्त वडामा भने कृषकहरुको वर्षेनी लाखौको नोक्सानी पु¥याएको ठुलीपोखरीका वडा अध्यक्ष राजेन्द्र पौडेलले बताउनुभयो । उहाँले बाँदर नियन्त्रण गर्नका लागि अबको नगरसभामा प्रस्ताव अघि बढाउने उहाँले बताउनुभयो ।
पर्वतका सवैजसो वडाहरुमा बाँदरले आतंक मच्चाउने गरेको छ । सातवटै स्थानीय तहमा बाँदरले बालीनाली नोक्सानी पु¥याउने गरेको स्थानीयको भनाई छ । पछिल्लो समय बाँदरले मानिसलाई समेत आक्रमण गर्न थालेको छ । मङ्सिर महिनामा मात्र जिल्लाको धाईरिङ्ग, शंकरपोखरी र खौलालाकुरीमा बाँदरको आक्रमणबाट तीन महिला घाईते भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!