गाेरखाकाे एेतिहासिक धार्मिक महत्त्व बाेकेकाे झ्याल्ला भूमे मन्दिरको पुनःनिर्माण तथा विस्तार शुरु ।। - News site from Nepal


माधब पराजुली

गाेरखा –
गाेरखाकाे अजिरकाेट गाउँपालिका वडा नं. ४ स्थित एेतिहासिक धार्मिक महत्त्व बाेकेकाे झ्याल्ला भूमे मन्दिरको पुनःनिर्माण तथा विस्तार थालिएको छ ।
२०७२ सालकाे महाभुकम्पमा परि ध्वस्त बनेकाे यश क्षत्रकाे प्रसिद्ध मन्दिरकाे गुरुयोजना तयार पारि पुनःनिर्माण सँगै पर्यटकिय स्थलकाे रुपमा विकास गर्न थालिएको हाे ।
भूमे जनकल्याण समाजले भूमे स्मारिका विमाेचन तथा गुरुयोजना तयार पारि झ्याल्ला भूमे मन्दिरकाे पुनःनिर्माण संगै पर्यटकिय स्थलकाे रुपमा विकास गर्न थालेकाे हाे ।
´हामी बनाउछाैँ,हाम्रो आस्थाको धरोहर`भन्ने मुलनाराका साथ यश क्षेत्रलाई पर्यटकिय स्थलकाे रुपमा विकास गर्न थालिएको संस्थाका अध्यक्ष धन ब.गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त मन्दिर परिसर भित्र प्रवेश द्वार,पाटि,मुल मन्दिर,कार्यालय भवन,भुमे स्तभ,वनभाेज स्थल,पुजा सामाग्री पसल,बगैंचा,खाेला कटान लाई राेक्न तटबन्ध निर्माण गर्ने तथा पर्खाल निर्माण गरि भक्तजन र पर्यटकलाई यहाँ सहज तवरले अावागमनकाे वातावरण मिलाउने याेजना छ । यस पुर्वाधार निर्माणको लागि १ कराेड ५० लाख लागत लाग्ने अनुमान गरिएको छ । यश क्षेत्र लाई पर्यटकिय स्थलकाे रुपमा विकास गर्न अजिरकाेट गाउँपालिकाले २ आर्थिक बर्ष बाट रु.१० लाख रकम विनियोजन गरेकाे छ । यसकाे विकासकाे लागि; प्रवासी नेपालीहरुले आर्थिक रकम सहयाेग एवम् संकलन गरेका छन् ।
उक्त मन्दिरको पुनःनिर्माण तथा विस्तारकाेे साेमबार शुभारम्ब गर्दै गण्डकी प्रदेशका उधाेग,पर्यटन,वन तथा वातावरण मन्त्री विकास लम्सालले नेपाली जनताहरुको अास्थाकाे धराेहर मानिने ऐतिहासिक धार्मिक महत्त्व बाेकेका मठ,मन्दिरहरुकाे संरक्षण एवम् प्रवर्द्धन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भुकम्पले ध्वस्त भएका ऐतिहासिक पुरातात्त्विक धार्मिक संरचनाको पुनःनिर्माणलाई पहिलो प्राथमिकतामा राख्नुपर्नेमा जाेड दिदै भुमे मन्दिरलाई धार्मिक पर्यटनको माध्यमबाट अर्थोपार्जनको स्रोतको रूपमा विकास गर्ने सम्भावना रहेको बताउनु भयाे । नेपालीको विकास र समृद्धि हाम्रो परम्परा,धर्म,सांस्कृतिक कला र साहित्यकाे जगमा अडिएकाे हुनाले प्रत्येक गाउँमा रहेका धार्मिक सांस्कृतिक स्थल,मठ,मन्दिर,पाटिपाैवा,कला साहित्य र परम्पराकाे प्रवर्द्धन र विकासलाई प्राथमिकता दिनु नेपाली गाउँहरुलाई स्माट भिलेजमा रुपान्तरण गर्ने बलियो अाधार बन्ने बताउनुभयो ।

प्रदेश सभा सदस्य प्रकाश चन्द्र दवाडीले यश क्षेत्रकाे सांस्कृतिक र धार्मिक धराेहरकाे रुपमा रहेको यस मन्दिरकाे पुनःनिर्माण तथा विकासकाे लागि सबैकाे सामुहिक प्रयत्नको अावश्यकता रहने बताउदै यस क्षेत्रलाई धार्मिक पर्यटकिय स्थलकाे रुपमा विकास गरि आर्थिक लाभ लिनुपर्नेमा जाेड दिनुभयो ।

झ्याल्ला भूमे मन्दिरको महत्त्व ।।

गाेरखा जिल्लाकाे अजिरकाेट गाउँपालिका वडा नं
४ मा रहेकाे यस मन्दिर ऐतिहासिक धार्मिक महत्त्व बाेकेकाे मन्दिर हाे । गाेरखाकाे कुसुण्डे र झ्याँवा गाउँकाे बिचमा गडीडाँडा पहरेभिर बाट अाएकाे झ्याल्ला खाेला छ । झ्याँवा गाउँकाे पुछरमा पर्ने झ्याल्ला फाँटकाे पूर्व पट्टी रहेको झ्याल्ला भूमेलाई भूमे देवताका रुपमा पुज्ने गरिन्छ । परापुर्वकालमा खेत जाेत्ने क्रममा हलाेले ढुंगामा ठक्कर लाग्दा ढुंगा फुटेर रगत अाउदा खेतकाे पानी सबै रगत भएकाे र हलि गाेरु समेत मरेको भन्ने जनश्रुती छ । त्यही हलाेले ठक्कर लागेकाे पत्थरलाईनै देवता मानी पुज्ने गरिएको छ । यहाँ मंसिरको पुर्णिमामा विशेष मेला लाग्छ भने अन्य दिन दैनिक जसाे तथा साेमबार पुजाअाजा गर्ने गरिन्छ ।।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!