प्रमुख समाचार

दुई शंकास्पदको डीएनए साँझसम्ममा आउने, अझै एक जना फरार रहेको दाबी

By लोकतन्त्र अनलाईन

December 09, 2018

दुई शंकास्पदको डीएनए साँझसम्ममा आउने, अझै एक जना फरार रहेको दाबी

२३ मंसिर, काठमाडौं । निर्मला पन्त बलात्कारपछि हत्या प्रकरणको अनुसन्धान क्रममा पक्राउ परेका दुई युवकको डीएनए रिपोर्ट आइतबार साँझसम्ममा आउन सक्ने नेपाल प्रहरीले जनाएको छ ।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालकै अगाडि कसुर स्वीकार गरेको दाबी गरिएका प्रदीप रावल र स्थानीय विशाल चौधरीको डीएनए रिपोर्ट साँझसम्म आउन सक्ने प्रहरी स्रोतले जनाएको हो ।