पर्वत ः नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी संघको छठौं बार्षिक साधारणसभा तथा तेस्रो अद्यिवेशन सम्पन्न भएको छ । अधिवेशनले पुनः मथुराकुमार जोेशीलाई नयाँ कार्यकालको अध्यक्षमा चयन गरेको छ ।
त्यसैगरी कार्यसमितिको उपाध्यक्षमा भिम चापाँगाई, सचिवमा भिम बहादुर नेपाली र कोषाध्यक्षमा कृष्णप्रसाद भुषाल चयन भएका छन । सदस्यहरुमा आशिष जोशी, सम्बर क्षेत्री, देवलाल गिरी, ध्रब श्रेष्ठ, दिपक गदाल, बिष्णु पुन र भगवती क्षेत्री रहेका छन् ।
यस अघि कार्यक्रमको उद्घाटन गर्दै संघका कन्द्रीय अध्यक्ष भुपेन्द्र गिरीले उद्योगी व्यवसायिहरुलाई राज्यले सहज रुपमा काम गर्ने बातावरण सिजर्ना गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले व्यवसायीहरुले सहज रुपमा काम गर्दै व्यवसाय सञ्चालन गर्न पाएमात्र मुलुक समृद्धितर्फ उन्मुख हुन सक्ने बताउँदै ‘समृद्ध नेपाल र सुखी नेपाली’ को नारा पुरा गर्न सवै क्षेत्रमा काम गर्ने वातावरण हुनुपर्नेमा जोड दिनुभयो । उनले ५० भन्दा वढि फर्निचरका सामाग्रीहरु बाह्य मुलकबाट मगाउन परेकोमा दुःख व्यक्त गर्नुभयो । उहाँले राजनितीक परिर्बतनका निम्ती धेरै नारा र योजनाहरु बनाउँदैमा यहाँका व्यवसायीहरुले मुक्तिको सास फेर्न नसक्ने बताउनुभयो ।
डिभिजन वन कार्यालय पर्वतका प्रमुख दधिलाल कडेंलले बन कार्यालयले अवैद्य रुपमा काठ दाउरा निकासी गर्नेलाई कारबार्हीको दायरमा ल्याउने हुदाँ त्यस्तो भएको थाहा पाउँदा साथ स्थानीय प्रहरी र डिभिजन कार्यालयमा खबर गर्न अनुरोध गर्नुभयो । नवनिर्वाचित अध्यक्ष मथुरा कुमार जोशीले दर्ता नभई सञ्चालन भएका फनिर्चर व्यवसायहरुलाई दर्ता प्रत्रियामा ल्याउने बताउनुभयो । नेपाल फनिर्चर तथा फर्निसिङ व्यवसायी संघ पर्वतका अध्यक्ष मथुराकुमार जोशीको सभापतित्वमा सम्पन्न भएको सो कार्यक्रममा उद्योग बाणिज्य संघ पर्वतका अध्यक्ष केदारनाथ शर्मा, फेकोफन पर्वतका सचिव गणेश पौडेल, संघका सदस्य भिमप्रसाद शर्मा, संघका सचिव भिमबहादुर नेपाली लगायतले बोलेका थिए ।