पैसा नदिएको झोकमा पुलबाट कालीगण्डकीमा हाम फालेकी पर्वतकी यूवतीको शव मिर्मिमा - News site from Nepal
पर्वत : पर्वतको बिहादी गाउँपालिका ३ रानीपानीकी एक यूवतीको शव स्याङजाको मिर्मीमा फेला परेको छ । मंसिर ९ गते देखि बेपत्ता १७ वर्षिया मेनुका श्रेष्ठको शव कालिगण्डकी जलविद्युत आयोजनाको ड्याममा फेला परेको हो । घरबाटै हराएकी श्रेष्ठको खोजी कार्य भैरहेको थियो ।

खोजी गर्दै जाँदा हराएको १३ दिनपछि सडेगलेको अवस्था शव भेटिएको विहादी ३ का वडाध्यक्ष रणबहादुर आलेले जानकारी दिनुभयो । स्याङजाको कालिगण्डकी गाउँपालिका ७ स्थित कालीगण्डकी जलविद्युत आयोजनाको ड्याममा भेटिएको शवलाई पोष्टमार्टमका लागि वालिङ पठाइएको आलेले बताउनुभयो ।

मिर्मीमा होटल व्यवसाय गर्दै आएका रतनवहादुर कुँवरले शुक्रवार विहान ड्याममा शव भेटेपछि प्रहरीलाई खबर गर्नुभएको थियो । पारिवारिक स्रोतका अनुसार मृतक श्रेष्ठले बुवा संग पैसाको माग गरेकी थिइन् । पैसा नपाएपछि उनी घरबाट बेपत्ता भएकी थिईन् । त्यहि झोकमा उनले नदीमा हाम फालेर आत्माहत्या गरेको हुनसक्ने अनुमान गरिएको छ । मृतक यूवती गुल्मीको पुर्तिघाट स्थित जीवनउद्धार माविको कक्षा ११ मा पढ्ने विद्यार्थी हुन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!