पूर्णेश्वर माध्यामिक विद्यालयले स्वर्ण महोत्सव मनाउने - News site from Nepal
पूर्णेश्वर माध्यामिक विद्यालयले स्वर्ण महोत्सव मनाउने

पर्वत-पर्वतको कुश्मा नगरपालिका १० पिपलटारीमा रहेको पूर्णेश्वर माध्यामिक विद्यालयले स्थापनाको ५० बर्ष पुगेको अवसरमा बिभिन्न कार्यक्रमहरु सहित स्वर्ण महोत्सव मनाउने भएको छ ।

‘युग सापेक्ष प्राबिधिक शिक्षा ः पूर्णेश्वरको हिस्सा’ भन्ने मूल नाराको साथमा आउँदो माघ १७ देखि २०७६ माघ १७ गतेसम्म विभिन्न कार्यक्रमको आयोजना गरिने आज सदरमुकाम कुश्मामा पत्रकार सम्मेलन गरेर जानकारी दिईएको छ । स्वर्ण महोत्सवको प्रमुख उद्धेश्यको रुपमा विद्यालयमा प्राबिधिक धारको पढाई संचालन गर्नु रहेको विद्यालय विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा स्वर्ण महोत्सव मूल आयोजक समितिका संयोजक गणेश पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार केही महिना भित्रमा नै कुन प्राबिधिक शिक्षा शुरु गर्ने ? भन्ने बिषयमा टुंगो लाग्ने छ ।

यस्तै, महोत्सवको एक बर्षे अवधिमा विद्यालयमा कार्यरत शिक्षक र पत्रकारबीच भलिबल प्रतियोगिता, प्रभातफेरि, लोकनृत्य, भलिबल, बत्ती बुनाई, लोक भजन, लोक दोहोरी, रत्यौली, टपरी बुनाई, ब्याडमिन्टन, खुला ठेलो, लठो तान्ने, म्युजिकल चियर, घैँटोफोर, हिज्जे, वक्तृत्वकला, कवितावाचन, दौड, म्याराथुन, टेबलटेनिस, प्रावासी लोकगित लगायतका राष्ट्रिय, प्रदेश, अंचल र जिल्ला स्तरीय प्रतियोगिताहरु संचालन गरिने भएको छ । यसैगरी, विद्यालयका भावी कार्यक्रमहरु अन्तर्गत ईलाईब्रेरी निर्माण, सि.सि. क्यामेरा जडान, स्मार्ट बोर्ड सहितको प्रयोगशाला, चमेना गृह निर्माण गर्नुका साथै अहिले प्राथमिक तहमा रहेको अँग्रेजी माध्यमको अध्यापनलाई आधारभूत तहसम्म पु¥याउने लक्ष्य राखिएको छ । महोत्सव अवधिमा चन्दादाताहरुको अभिलेख राखेर सम्मान गर्ने, दाताको नाममा विद्यालयमा कोठा निर्माण गर्ने, स्मारिका प्रकाशन गर्ने, चन्दादाताहरुको नाम सिंगमरमरमा राखिने लगायतका कार्यक्रमहरु पनि निर्धारण गरिएको छ । विद्यालयमा अहिले यूरोगार्ड मार्पmत स्वच्छ पिउने पानी, बिद्युतीय हाजिरी, विद्यार्थीको शारीरिक तथा मानसिक विकासको लागि बिभिन्न खेलकुद कार्यक्रमको व्यवस्थापन हुँदै आएको छ ।

पत्रकार सम्मेलन कार्यक्रममा स्वर्ण महोत्सव मूल आयोजक समितिका उपसंयोजक मेघनाथ सुवेदी, फलेवास नगरपालिकाका प्रमुख पदमपाणी शर्मा, गैरसरकारी संस्था महासंघ नेपालका केन्द्रिय सचिव देवीप्रसाद तिमिल्सिना लगायतको पनि सहभागिता रहेको थियो । विद्यालयका प्रधानाध्यापक शरोज के.सी.ले स्वागत गर्नुभएको कार्यक्रमको संचालन प्रचार तथा संचार उपसमितिका संयोजक गणेश पौडेलले गर्नुभएको थियो । २०१० सालमा रुद्री तथा संस्कृत पाठशालाको रुपमा स्थापना भएको पूर्णेश्वर मा.वि. २०२९ सालमा नि.मा.वि., २०३७ सालमा मा.वि. र २०५४ सालमा उच्च माध्यमिक विद्यालय बनेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!