को बन्ला नेपाल कम्युनिट पार्टी (नेकपा) पर्वतको अध्यक्ष ? यस्ता छन् अध्यक्षको चर्चामा रहेका नेताहरु - News site from Nepal

पर्वत– तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र मिलेर नेकपा बनेको ६ महिना वितिसकेको छ । केन्द्रमा पार्टी एकीकरण भएको ६ महिनामा तल्ला तहका कमिटिहरुको एकीकरण पनि हुन थालेको छ । सोमवार मात्रै प्रदेश कमिटिले पुर्णता पाएको छ ।
प्रदेश कमिटि सँगै जिल्ला नेतृत्वको बहस शुरु भएको छ । जिल्ला अध्यक्ष र सचिबको टुंगो केन्द्रबाट नै लगाउने भएपनि जिल्लास्तरमा पनि नेतृत्वको बारेमा बहस शुरु भएको हो ।
पर्वत जिल्लाबाट आकांक्षीको नाम पठाउने क्रममा तत्कालीन जिल्ला संयन्त्रले पठाएका नाम मध्ये मेघनाथ सुवेदी र भक्त कुँवरको नाम चर्चामा रहेको छ । केहिले मेघनाथ सुवेदीको सुनिश्चित भनिरहेका छन् त केहिले भक्त कुँवरको ।
चर्चामा सुवेदी ः
साविक धौलागिरि अञ्चल समन्वय कमिटिका सदस्य भएकै कारण प्रदेश कमिटि सदस्यमा समेत मनोनित भएका सुवेदीले आफ्नो ३७ वर्ष लामो नेकपामा गरेको त्याग र तपस्याका कारण आफु पार्टीको अध्यक्ष पाउनुपर्ने उनको माग छ ।
पर्वतको पिपलटारीमा जन्मिएर स्थानीयस्तरको शिक्षा पुरा गरेपछि २०३८ सालमा पढाईकै शिलशिलामा पोखरामा रहेको पृथ्वीनारायण क्यापसबाट विद्यार्थी राजनीति शुरु गरेका सुवेदी अहिलेसम्म अनवरत रुपमा पार्टीमा खटिईरहेका छन् । क्याम्पस अध्ययनकै क्रममा सवेदी २०४३ सालमा पञ्चायतको जनपक्षिय प्रधानपञ्चका रुपमा निर्वाचित भए । जतिबेला मुलुकमा निकै कठिन परिस्थिति रहेको थियो । उक्त कठिन परिस्थितका बाबजुत काम गर्ने क्रममा उनलाई राजकाज मुद्धा लगाईयो । यो २०४४ सालको कुरा हो । तत्कालीन अञ्चालाधिशले राजकाज मुद्धा लगाएका कारण उनि करिब ७ महिना जेल जीवन बिताए । पछि तारिखमा छुटेर पार्टीकै र पञ्चायति बिरोधी शैलीमा नेतृत्व गर्दै गए । त्यसपछि बहुदलिय व्यवस्थाको आन्दोलनमा सरिक भए । मुलुक र जनताको मुक्तिका निम्ति आन्दोलन गर्ने क्रममा २०४६ माघ २९ गते धौलागिरि अञ्चलमै पहिलोपटक उनलाई प्रहरीले पक्राउ गरेको थियो । आन्दोलनकै नेतृत्व गरेको भन्दै उनि तत्कालीन समयमा फेरी तीन महिना जेलमा बसे ।
जेलबाट छुटेपछि पनि उनि राजनीतिबाट हार मानेन् । निरन्तर पार्टी, कार्यकर्ता र जिल्लाको समग्र विकासका निम्ति काम गर्दै गए र २०४९ सालको स्थानीय निर्वाचनमा पिपलटारीको गाविस अध्यक्षको रुपमा निर्वाचित र पाँच वर्षसम्म पर्वतमा पिपलटारी सँगै समग्र जिल्लाको विकासमा सक्रियपूर्वक भूमिका निर्वाह गरेको उनको अनुभव छ । त्यस्तै २०५४ सालको स्थानीय निर्वाचनमा साविक पिपलटारी गाविसकै निर्विरोध वडाअध्यक्षको रुपमा निर्वाचित हुँदै तत्कालीन जिल्ला विकास समितिको सदस्य बने ।
पार्टीको पदमा रहँदा होस् या नरहँदा उनि निरन्तर पार्टी, कार्यकर्ता र जिल्लाको विकासमा सक्रिय रहँदै आएका छन् । सवेदी नेकपा एमालेको जिल्ला कमिटि सदस्यकै रुपमा झण्डै १९ वर्ष विताएका छन् भने दुई कार्यकाल जिल्ला उपसचिब (अहिलेको उपाध्यक्ष जस्तै) पदमा रहेर काम पनि गरिसकेका छन ।
पछिल्लो समय उनि धौलागिरि अञ्चल समन्वय कमिटि सदस्यमा मनोनित भएर एक कार्यकाल समेत विताए भने तत्कालीन नेकपा एमाले केन्द्रिय संघीय मामिला विभागको सदस्य भएर पनि काम गरेको अनुभव उनिसँग छ । सुवेदी हालै नेपाल कम्युनिष्ट पार्टीको गण्डकी प्रदेश सदस्यमा मनोनित भएका छन ।
सुवेदी पछिल्लो स्थानीय तहको निर्वाचनमा कुश्मा नगरपालिकाको नगरप्रमुखको उम्मेदवार बनेका थिए । उनि झिनो मतान्तरका कारण उक्त निर्वाचनमा पराजित भएका थिए ।
पार्टी संगठनमा लागेर लामो समय विताएको केन्द्र र जिल्ला नितिहरु तत्लो तहम्म पु¥याउन भूमिका खेलेको, संगठन सुदृढिकरण र आम मानिसहरुलाई नेकपामा लाग्न प्रेरित गर्नसक्ने क्षमता भएको र पार्टीकै निम्ति जीवनका महत्वपुर्ण अवसरहरु गुमाएर पनि अनबरत रुपमा लागेकोमा एकपटक पार्टीले आफुलाई जिल्लाको नेतृत्व गर्ने अवसर दिनेमा आफु विश्वस्त रहेको उनको भनाई छ । जिल्लाका आम कार्यकर्ताहरुको बीचमा लोकप्रिय, सवैको काम गर्न सक्ने, बौद्धिक एवम् युवाहरुको समेत रोजाईको व्यक्ति आफु भएकाले पार्टीले न्याय गर्नेमा आफु विश्वस्त रहेको सुवेदीको दावी छ ।
अन्य पदहरुमा रहेर तीन दशकभन्दा बढि काम गरियो, यस पटक जिल्लाकै नेतृत्व गर्ने आफ्नो आकांक्षा र आम कार्यकर्ताहरुको पनि माग बढेको हुनाले पार्टीको माथिल्ला तहसम्म पनि अबसर दिनुहुनेछ भन्ने आशा गरेको छु सुवेदीले भने । सुवदी नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली निकट मानिनु हुन्छ । सुवेदीले यदि आफुँ नेकपाको जिल्ला अध्यक्ष भएमा ७७ वटै जिल्ला कमिटि मध्ये नमुना जिल्ला बनाएर देखाउने प्रतिवद्धता समेत देखाएका छन् ।
चर्चामा कुँवर ः


यस्तै अर्का चर्चामा रहेका व्यक्ति हुन नेकपाका नेता भक्त कुँवर
पर्वतको बाजुङमा जन्मिएका भक्त कुँवर २०३५÷३६ सालको विद्यार्थी आन्दोलनबाट प्रभावित भएर अनेरास्वबियूको सदस्यता लिए । विद्यार्थीकालदेखि राजनितिमा प्रवेश गरेका कुँवर २०३९÷४० सालमा गाँउ तहको यूवा लिगमा संगठित भै कार्य प्रारम्भ गरेका थिए । भद्र तथा शालिन नेताको रुपमा परिचित कुँवर २०४२÷०४३ देखि २०४४÷०४५ सालसम्म पृथ्वीनारायण क्यापस अध्ययन गर्दा प्रारम्भिक कमिटिकोको सचिब हुदैँ, प्रा.क. को सचिब भै युवा लिगमा आवद्ध भएका थिए ।
सोहि बेला उनि तत्कालिन नेकपा माले पार्टीमा आवद्धता भै संगठन निर्माणमा क्रियाशिल रहेका थिए । २०४३ सालमा जनपक्षिय आम निर्वाचन र स्थानिय निकायको गाँउस्तरको निर्वाचनमा जनपक्षिय उम्मेदवारलाई विजयी वनाउन सक्रिय रहेका कुँवर २०४३ सालमा तत्कालिन नेकपा मालेको पार्टी सदस्यता प्राप्तका लागि आवेदन फारम प्रस्तुत गरे । २०४४÷२०४५ मा तत्कालिन नेकपा मालेको गाँउस्तरिय गाँउ पार्टी सकृय दलको सचिब बनेको उनि २०४६ सालमा पंचायत विरुद्ध संयुक्त जनआन्दोलनमा सकृय भूमिका निर्वाह गरेका थिए ।
त्यसैगरी २०४७ मा नेकपा मालेको सदस्यता हुदै नेकपा एमालेको संगठित पार्टी सदस्यता प्राप्त गरे । २०४८ मा नेकपा एमाले इलाका कमिटी सदस्य, र ०४८ सालको आम निर्वाचनमा सकृय भूमिका खेलेका कुँवर २०५२÷०५३ मा तेश्रो जिल्ला अधिवेशनवाट र्निविरोध जिल्ला कमिटीको सदस्यमा निर्वाचित भएका थिए । २०५४ फाल्गुण देखि ०५७ सम्म जिल्ला पार्टी कार्यालयमा कार्यालय सचिब भै कार्य सम्पादन गरेका कुँवर २०५७ को चौथो जिल्ला अधिवेशनवाट पुन जिल्ला कमिटी सदस्यमा निर्वाचित भै संगठन विभाग प्रमुखको भूमिका निर्वाह गरेको अनुभव छ । २०६० को पाचौँ जिल्ला अधिवेशन वाट खुल्ला क्षेत्रवाट पुन जिल्ला सदस्यमा निर्वाचित भै क्षेत्रिय समन्वय कमिटीको इंचार्ज भएका थिए ।
कुँवर २०६२÷०६३ सालको निरंकुश राजतन्त्र विरुद्धको जनआन्दोलनमा जिल्लामा १९ दिन सम्मनै सक्रिय भएर हिँडे । २०६३÷०६४ जिल्लास्तरिय कर्मचारी तथा गोलीकाण्ड एवम् घाइतेहरुको छानविन समितिमा रहि नेतृत्वदायि भूमिका निर्वाह गरेका कुँवर तीन कार्यकाल पार्टीको सदस्य पदमा रहेर काम गरे भने २०६६ को् सातौँ जिल्ला अधिवेशन वाट सचिब पदमा निर्वाचीत भै आर्थिक विभागको प्रमुख भएर काम गरे । २०७१ को आठौँ जिल्ला अधिवेशनवाट तत्कालीन नेकपा एमालेको उपाध्यक्ष पदमा निर्वाचीत भएर पार्टी स्कुल विभाग प्रमुख भई हालसम्म कार्यरत रहेका कुँवर, २०६५ को आठौँ राष्ट्रिय महाधिवेशन वुटबलमा जिल्लावाट राष्ट्रिय महाधिवेशन प्रतिनिधि भै सहभागी समेत भएका थिए ।
कुँवर ०७३ सम्म जिल्ला विकास समितिको सर्वदलिय संयत्रमा रहि जिल्लाको विकास, योजना निर्माण तथा कार्यान्वयनमा महत्वपूर्ण भूमिका निर्वाह गरको अनुभव समेत रहेको छ । २०७४ को स्थानिय तह पर्वत जिल्लाका सात तहमा मोदी गाँउपालिकाको निर्वाचनमा नेतृत्वदायी भूमिका गरी ९० प्रतिशत सीट मा विजय गराई जिल्ला समन्वय समिति बनाउन सफल कुँवर अहिले नेकपापाको जिल्ला संयन्त्र सदस्यमा रहेका छन ।
जीवनभर पार्टीमा लागेर कुन लाभको पद नलिईकनै पार्टी र संगठन बचाउनुपर्छ भनेर गरेको त्याग र योगदानको यस पटक पार्टीले मुल्यांकन गर्नेमा आफु विस्वस्त रहेको उनको भनाई छ । आफ्नो तहका नेता र आकांक्षीहरुमा मेरो जति पार्टी जीवनमा कसैको योगदान सायद छैन होला उनले भने । कुँवरले यस पटक आफुले जिल्ला अध्यक्ष पाउनुपर्छ भनेर जिल्ला देखि केन्द्रिय तहसम्मनै लबिङ गरिरहेको पनि बताए ।
त्यस्तै अध्यक्षको आकांक्षामा रहेका तत्कालीन एमालेवाट गोविन्द पहाडी र माओवादी केन्द्रवाट गगन थापा पनि रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!