रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको शाखा कुश्मामा विस्तार - News site from Nepal
रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको शाखा कुश्मामा विस्तार

पर्वत –रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले पर्वतमा पनि आप्mनो शाखा बिस्तार गरेको छ । रिबन र केक काटेर शाखाको उद्घाटनसंगै कुश्माको धनेश्वरचोकबाट कम्पनीको कारोबार पनि औपचारिक रुपमा शुरुवात भएको छ ।

रिलायन्स लाइफ इन्स्योरेन्सका नायव प्रमुख कार्यकारी अधिकृत निराजन कँडेलको अध्यक्षता तथा पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष केदारनाथ शर्माको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा चण्डिका शसस्त्र प्रहरी गण कुश्माका गणपति नवराज थापा, कुश्मा नगरपालिकाका बिभिन्न वडाका वडाध्यक्षहरु पर्वत उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष रामकृष्ण कर्माचार्य, कोष तथा लेखा नियन्त्रण कार्यालयका रामशर्मा लामिछाने, जिल्ला स्वास्थ्य कार्यालयकी सजिना महर्जन सहित विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाका प्रतिनिधि, बैंक वित्तीय संस्थाका प्रमुख, बिमा कम्पनीका प्रमुखहरु, उद्योग व्यवसायी लगायतको सहभागिता थियो ।

उक्त कार्यक्रमको संचालन कम्पनीको कुश्मा शाखाका प्रमुख प्रशन्न शर्मा पौडेलले गर्नुभएको थियो । कार्यक्रममा रिलायन्स लाइफका पोलिसीमध्ये मेरो मुटु अहिले सम्मकै नेपालको उत्कृष्ट पोलिसी भएको दावी गर्दै १८ वटा घातक रोगको उपचार बिमा दिने पहिलो जिबन बिमा कम्पनी भएको जानकारी दिईएको रिलायन्स लाइफ इन्स्योरेन्स कुस्मका एजेन्सी मेनेजर श्रीकृष्ण पौडेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!