लोकतन्त्र अनलाईन

Advertisment

SKIP THIS
खुसिको खबर ! पेट्रोलियम पदार्थको मूल्य घट्यो - News site from Nepal
खुसिको खबर ! पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौँ -: नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।
नेपाल आयल निगमको आज बसेको बैठकले पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रति लिटर रु २ घटाउने निर्णय गरेको निगमले जनाएको छ ।
नयाँ मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर ११२ तथा डिजेल र मट्टितेल रु ९९ खरीद गर्न सकिनेछ । यसअघि पेट्रोल रु ११४ तथा डिजेल र मट्टितेल प्रति लिटर रु १०१ मा खरीद बिक्री हुँदै आएको थियो । हवाई इन्धन तथा खाना पकाउने (एलपी) ग्यासको मूल्य भने यथावत राखिएको निगमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
विसं २०७१ देखि लागू हुँदै आएको स्वतः स्वचालित मूल्य संरचनाअनुसार भारतीय आयल निगमबाट प्राप्त मूल्य सूचीअनुसार मूल्य घटाइएको निगमले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!