पर्वत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटि सदस्य देवेन्द
पौडेलले दुई तिहाई बहमुतको सरकार गठन भएको नौ महिनामै प्रतिपक्षिले नकारात्मक टिप्पणी गर्नु व्यर्थ भएको बताएका छन् ।
दक्षिण पर्वतको पैयूँ गाउँपालिका स्थित हुवासमा सोमवार आयोजीत शहिद स्मृति सभालाई सम्बोधन गर्दै नेता पौडेलले अहिलेसम्म पुरानै सरकारले बिगारेको कामलाई सहजीकरण गर्दै सरकारको समय बितेको बताउँदै तीब्र गतिका साथ आफ्नो कामनै गर्न नपाएका बेला केहि भएन भन्नु कमजोर मानसिकता भएको बताएको बताए । उनले प्रतिपक्षिलाई सरकारको टिप्पणी हैनकि सरकारलाई काम गर्न सहयोग गर्न समेत आग्रह गरे । उनले सरकारले श्रम सम्झौता, सामाजिक सुरक्षा कार्यक्रम जस्ता लोकप्रिय कार्यक्रम ल्याएपछि प्रतिपक्षितले खुट्टा कमाउन थालेको पनि बताए ।
उनले साना मसिना कमजोरीमा वर्तमान सरकारलाई चौतर्फी घेराबन्दी पार्न खोजिएको पनि बताएका छन् । सरकार लोकप्रिय हुने डरले पक्षबाट घेराबन्दी गर्न खोजीएको बताउँदै पौडेलले सरकार आफैमा कमजोर नभएपनि चौतर्फी घेराबन्दीका कारण काम गर्ने बातावरण सिर्जना हुन नसकेको बताए ।
उनले सरकारका काम र उपलब्धिहरुलाई समय समयमा समिक्षा गर्दै अघि बढ्नुपर्नेमा जोड दिँदै आफ्नै पार्टीका केहि नेताले पनि सरकारको बारेमा नकारात्मक टिप्पणी गर्नुले विपक्षिले झन उचाल्न खोजेको बताए ।
प्रतिनिधि सभाका सांसद समेत रहेका पौडेलले वर्तमान सरकारको अर्को काम शहिदको सपना साकार बनाउनु रहेको पनि उल्लेख गरे । उनले पार्टीको सवै तहमा एकीकरण भएपछि सरकारका राम्रा कामहरुको प्रचार प्रसार हुने र लोकप्रियता बढ्ने बताए ।
सो अवसरमा पौडेलले हुवासमा निर्मित शहिद गेटकोे उदघाटन पनि गरेका थिए । कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी केन्द्रिय सदस्य गुप्त हमालले सरकारले गरेका राम्रा कामको प्रचार गर्न पार्टी कमिटि गठन नभएका कारण पनि समस्या परेको धारणा राखे ।
कार्यक्रममा अर्का केन्द्रिय सदस्य विजय गुरुङले अबको पाँच वर्षमा अहिलेको सरकारले मुलुकको विकास गरेर देखाउने बताए । उनले अबको काम भनेकै विकास निर्माण भएको बताउनुभयो । उनले पार्टीको निर्णय र संगठनको मर्म बमोजीम नै सरकार अगाडि बढ्दा त्यसले सफलता पाउने विश्वास ब्यक्त गरे ।
कार्यक्रममा सांसद पदम गिरी, पैंयु गाउँपालिकाका अध्यक्ष खगेन्द्र तिवारी, महाशीलाका अध्यक्ष राजु पौडेल, नेकपाका नेता भक्त कुँवर लगायतले सम्वोधन गरेका थिए ।