गण्डकी प्रदेशमा उद्योग, वाणिज्य तथा उपभोक्ता संरक्षण निर्देशनालय स्थापना - News site from Nepal

माधब पराजुली÷पोखरा –उद्योग, पर्यटन, वन तथावातावरण मन्त्रालयको मातहतमा रहने गरि गण्डकी प्रदेशमा उद्योग, वाणिज्य तथा उपभोक्ता संरक्षण निर्देशनालय स्थापना गरिएको छ ।
प्रदेश स्तरमा उद्योग, वाणिज्य तथा उपभोक्ता सम्बन्धी हुने सम्पूर्ण काम कारबाही गर्ने उद्देश्य सहित सोमवार निर्देशनालय स्थापनागरिएको हो ।
निर्देशनालयको गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीविकास लम्सालले उद्घघाटन गर्नुभयो । उद्घाटन गर्दै मन्त्रीलम्सालले उपभोक्तको अधिकार संरक्षणको लागि वस्तु तथा सेवाको आपुर्ती खाद्य बस्तुको गुणस्तर, मुल्य, मिति, नापतौल लगाएतको नियमन तथा अनुगमन गर्ने तथाप्रदेश सरकारले अघि सारेका औधोगिकरणको विस्तारलाई टेवा पु¥याउने योजना व्यवस्थापन र निर्माण गर्ने गरी प्रदेश सरकारको संरचनाका रूपमा कार्यालय स्थापना भएको बताउदै कार्यालयका सम्पुर्ण काम कारबाहिलाई चुस्त दुरुस्त राख्न कर्मचारी लाई निर्देशन दिनुभयो । उहाँले हिजोको मानसिकता त्यागेर नयाँ ढंग बाट जनतालाई सेवादिनकर्मचारी लाई निर्देशन दिदँै मुलुकको विकास र समृद्धिको लागि निरन्तर खट्न आग्रह गर्नुभयो ।
कार्यालयमा आवश्यक पर्ने कर्मचारीहरु संघिय सरकारले नखटाउदा काम कारबाहिमा निकै समस्या परेको बताउदै उहाँले कर्मचारी अभाव भएपनि मन्त्रालयका संरचना तयार गरेर उपलब्ध कर्मचारी बाटै अहिँले लाई कामचलाउने र लामो समय सम्मपनि संघले कर्मचारी नपठाए प्रदेश सरकारले करारमै भएपनिकर्मचारी नियुक्ती गराएर कर्मचारीको आपुर्ति गर्ने बताउनुभयो ।
उक्त कार्यालयले विभिन्न औधोगिकनीति, उद्योग, खाद्य वस्तुको अनुगमन रवाणिज्य तथा उपभोक्ता हितका नयाँ योजनाका साथै राष्ट्रिय अभियानकाकार्यक्रमलाई प्रदेश स्तरमा कार्यान्वयन गर्ने, सिप परियोजना, खाद्यकार्यक्रम लगायत उद्योग, वाणिज्य तथा उपभोक्ता संरक्षणका सबै प्रकारका परियोजना कार्यान्वयन तथा व्यवस्थित गर्ने लगाएत का कामगर्ने कार्यालयका शाखा अधिकृत कृष्ण तिवारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!