‘चिसापानी–हुवास–बर्राचौर सडक कालोपत्रेको जिम्मा मेरो भयो’– सांसद गिरी - News site from Nepal

१७ मंसीर, पर्वत । प्रतिनिधि सभाका सदस्य सांसद पदम गिरीले जिल्लाको पैयू गाउँपालिकाको हुवासमा आयोजीत एक कार्यक्रमलाई सम्बोधन गर्दै चिसापानी देखि हुवास हुँदै बर्राचौर जोडने सडक कालोपत्रे प्रतिबद्धता दोहेराएका छन ।
हुवासको हातेमालो चोकमा आयोजीत शहिद स्मृति सभामा बोल्दै सांसद गिरीले लामो समय देखि दक्षिण पर्वतका जनताले सडकका कारण सास्ती बेहोरेको भन्दै अवका केहि बर्षमा त्यो सास्तीबाट मुक्ति पाउने विश्वास दिलाएका हुन । स्थानिय पूर्वाधार साझेदारी कार्यक्रमको रकमको अधिकांश रकम सडक पक्कि बनाउने कार्यमा विनियोजना गरेका गिरीले जनताको माग बमोजीम सडक कालोपत्रे, एक घर एक धारा र सिंचाईको ब्यवस्थापन गर्नु नै आफ्नो प्रमुख एजेण्डा रहेको बताएका छन ।
कार्यक्रममा बोल्दै सांसद गिरीले संघिय सरकारमा समेत चिसापानी देखि बर्राचौरसम्मको सडकलाई राष्ट्रिय प्राथमिकताको सडक बनाउन आफूले भूमिका खेलेको भन्दै चालु आर्थिकमा पूर्वाधार साझेदारी कार्यक्रममा पनि आफूले उक्त सडकलाई प्राथमिकता दिएको बताए । सांसद गिरीले चालु आर्थिक बर्षका लाग ५० लाख रकम उक्त सडकका लागि विनियोजन गरेका छन ।
जति सकिन्छ रकमको सदुपयोग गर्दै सडक पक्कि बनाउने कार्यमा रकम खर्च गर्न समेत उनले स्थानीय तहलाई अनुरोध गरे । सडक पक्कि बनाउन प्रदेश सरकार र स्थानीय सरकारले समेत सहयोग गर्न आग्रह गर्दै संघिय सरकारमा आफूले दक्षिण क्षेत्रको ३ सडकलाई प्राथमिकता राखेको उल्लेख गरे ।
चिसापानी देखि बरौचार, लुंखु देखि हुवास र बर्राचौर देखि फलेवाससम्मको सडकलाई कालोपत्रे गर्ने कार्यमा आफूले अर्थ मन्त्रालयमा फाइल पेश गरेको जानकारी दिदै सडकका कारण जनताले दुःख पाउने दिनको समाप्त गर्न आफू लागि परेको उनले उल्लेख गरे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!