बलात्कारको आरोपमा एक भारतीय नागरिक पक्राउ - News site from Nepal
बलात्कारको आरोपमा एक भारतीय नागरिक पक्राउ

पर्वत : जिल्ला प्रहरी कार्यालय पर्वतले बलात्कारपछि फरार रहेका भारतीय नागरिकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारतको उत्तर प्रदेशको बेतिया जिल्ला पश्चिम चम्पारण भगाहा थाना मैनाटक ब्लक घर भई हाल फलेवासमै बसोबास गर्दै आइरहेका २२ वर्षीय सद्रे आलम रहेका छन्। आलमले फलेवास नगरपालिका ५ खानीगाउँकी एक जना १३ वर्षीया किशोरीलाई बलात्कार गरी फरार रहेको भनी प्रहरीमा उजुरी परेको थियो।

फरार रहेको भन्ने सूचनाको आधारमा प्रहरीले खोजी गर्दा उनलाई पर्वतबाट नै पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक राजन रायमाझीले जानकारी दिए। आरोपित आलमलाई जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रवीन्द्रकुमार श्रेष्ठको नेतृत्वमा गएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो। प्रारम्भिक अनुसन्धानका क्रममा अभियुक्त आलमले किशोरीलाई गएको साउन १७ गते दिउँसो साढे २ बजे अर्की एक महिलाको कोठामा र अन्य समयमा आफ्नै कोठामा पनि ललाइफकाई विभिन्न प्रलोभनमा पारेर करणी गरेको खुलेको छ। आलमलाई आइतबार पर्वत जिल्ला अदालतबाट यौनजन्य प्रकृतिका अपराधअन्तर्गत करणीसम्बन्धी कसुर मुद्दामा थप अनुसन्धानको लागि ५ दिन म्याद थपेर अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!