लोकतन्त्र अनलाईन

Advertisment

SKIP THIS
कस्यप गोत्रिय अधिकारी बंश प्रतिष्ठानका केन्द्रीय सदस्य अधिकारी सम्मानित - News site from Nepal

पर्वत–कस्यप गोत्रिय अधिकारी बंश प्रतिष्ठान स्याङजा कार्यसमितिको आयोजनामा अधिकारी बन्धुहरुको भेला तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
सो अवसरमा प्रतिष्ठानका गण्डकी प्रदेश उपाध्यक्ष सिताराम अधिकारी र केन्द्र्रिय सदस्य गोबिन्द अधिकारीलाई दोसल्ला र मायाको चिनोले सम्मान गरिएको थियो ।
कार्यक्रममा प्रतिष्ठानका गण्डकी प्रदेश उपाध्यक्ष सिताराम अधिकारीले सवै अधिकारी बन्धुहरु एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।
केन्द्रीय सदस्य गोविन्द अधिकारीले मुलुकमा दुईथरी कास्यप र कस्यप गोत्रिय अधिकारी छन् भन्ने भ्रम रहेकोमा सवै अधिकारीहरु एउटै हाँगामा रहेको बताउँदै छुटेका वंशावलिहरुलाई तत्काल अद्यावधिक गरेर समावेश गर्ने बताउनुभयो । अधिकारीले प्रतिष्ठानले आफ्नो बंशलाई जोगाईराख्ने क्रियाकलापका साथै अन्य रचनात्मक कामहरु गर्ने बताउनुभयो । उहाँले यस संगठनले कुनै राजनीतिक खिचातानीमा आवद्ध नभई एउटा पवित्र उद्धेश्यका साथ काम गरिने पनि बताउनुभयो ।
कार्यक्रममा पोखरा महानगरपालिकाका सहायक कार्यकारी अधिकृत यामलाल अधिकारी, कवि तथा साहित्यकार विश्वप्रेम अधिकारी समाजसेवी रामकुमार अधिकारी, घनश्याम अधिकारी, टुकनाथ अधिकारी, सुवेदार इश्वरी अधिकारी, रेशम अधिकारी, पशुपति अधिकारी, पिताम्वर अधिकारी, इश्वरीप्रसाद अधिकारी, यामप्रसाद अधिकारी लगायतले बोलेका थिए ।
जिल्ल अध्यक्ष सुवेदार हेमलाल अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत देवि अधिकारी र प्रतिक्षा अधिकारी तथा धन्यवाद मन्तव्य जिल्ला उपाध्यक्ष चिन्तामणी अधिकारी र संचालन सचिब मोतीप्रसाद अधिकारीले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!