पर्वत–पर्वतको मोदी गाउँपालिका स्थित पातीचौरमा बृहद खेलकुद तथा साँस्कृतिक कार्यक्रम हुने भएको छ । बालाचतुर्दशी पर्वतको अवसरमा स्थानीय पार्वती युवा क्लवको आयोजनामा बृहद खेलकुद तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिउको हो ।
बालाचतुर्दशीको अवसरमा मंसिर १९ गते सरसफाई तथा मोटरसाईकल ¥यालीआयोजना गरिएको छ भने बालाचतुर्दशीको अवसरमा मंसिर २० गते पार्वती र गंगाको संगम स्थलमा तोरण तार्ने, सद्बिज छर्ने, भजन किर्तन लगायतका धार्मिक कार्यक्रमको आयोजना गरिएको छ । लामो समयदेखि सामाजिक काममा सक्रिय रहँदै आएको क्लवले धर्मसंस्कृति, खेलकुद र स्थानीय धार्मिक एवम् पर्यटकीय क्षेत्रको उजागर गर्ने उद्धेश्यले बालाचतुर्दशी मेला आयोजना गरिएको हो ।
सो अवसरमा वडा स्तरिय भलिवल प्रतियोगिता, पुरुष छेलो प्रतियोगिता, घैटो फुटाउने प्रतियोगिता, महिला मेच घुमाउने प्रतियोगिता, पुरुष रसि तान्ने प्रतियोगिता संचालन गरिने भएको छ । पुरुष भलिवल प्रतियोगितामा प्रथम हुनेलाई रु ५५ हजार ५ सय ५५, द्धितियलाई रु ३३ हजार ३ सय ३३ र तृतिय हुनेलाई १५ हजार ५ सय ५५ रुपैया पुरस्कार, शिल्ड मेडल र प्रमाणपत्र वितरण गरिने भएको छ । अन्य प्रतियोगितामा पनि उत्कृष्ट हुने समुहहरुलाई उचित पुरस्कारको व्यवस्था रहेको पार्वती युवा क्लवका अध्यक्ष समिर मल्लले जानकारी दिनुभयो ।
सो अवसरमा विभिन्न राष्ट्रिय तथा स्थानीय स्तरका कलाकाहरुद्धारा सांस्कृति प्रस्तुती समेत राखिने भएको छ ।
उक्त मेलाबाट भएको आम्दानीले निकट भविष्यमै एम्वुलेन्स खरिद गर्ने योजना रहेको मल्लले जानकारी दिनुभयो । मल्लका अनुसार एम्बुलेन्स सेवाको अभावमा मोदी गाउँपालिका बासिले सहयोग पाउन नसकेका बेला उक्त क्लवले एम्बुलेन्स खरिद गर्ने योजना सहित मेला आयोजना गरेको जानकारी दिनुभयो ।