क्वालालम्पुर । मलेसियामा दीपावलीको मौका छोपेर ड्रग्स तथा सेक्स पार्टी आयोजना गरेको अभियोगमा स्थानीय प्रहरीले ४५ जना युवालाई पक्राउ गरेको छ ।
सेरदाङ प्रहरीका असिस्टेन्ट कमिस्नर इस्मादी बोरहानका अनुसार क्वालालम्पूरको दक्षिणमा पर्ने सेरी केम्बानगानबाट लागुऔषध सेवन गरी अश्लील कार्यमा संलग्न युवालाई पक्राउ गरेको द डेली स्टारले जनाएको छ ।
बोरहानका अनुसार, ‘हामीले १४ वर्षदेखि २६ वर्षसम्मको उमेरसमहूका ४५ जनालाई पक्राउ गरेका छौ । तीमध्ये ३३ जनाले गाँजा र अन्य लागुऔषध सेवन गरेको प्रमाणित भएको छ ।’
इस्मादीका अनुसार यो समूहले पहिले पनि यस्तै पार्टीको आयोजना गर्दै आएको थियो ।
उनका अनुसार त्यस पार्टीमा सहभागी हुने प्रत्येक व्यक्तिबाट ६० रिंगिट लिइन्थ्यो । लागुऔषध लिन चाहनेका लाथि थप शुल्क तिर्नु पर्दथ्यो ।
त्यति मात्रै होइन, पार्टीमा जानेहरु अश्लील क्रियाकलापमा समेत संलग्न भएका थिए । पक्राउ परेकामध्ये ९ जना माध्यमिक तहका विद्यार्थी भएको प्रहरीले बताएको छ ।
प्रहरीले पार्टी भएको ठाउँमा यौन शक्तिवद्र्धक चक्कीहरु समेत बरामद गरेको जनाएको छ । पछिल्लो समय मलेसियाका युवाहरुमा लागुऔषध दुर्व्यसनी बढ्दै गएको छ ।