१५ मंसिर, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी शनिबार पोल्याण्ड प्रस्थान गरेकी छन् । पोल्याण्डको कातोबिचमा हुन लागेको संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धि कोप २४ औं सम्मेलनमा सहभागी हुन भण्डारी पोल्याण्ड प्रस्थान गरेकी हुन् । उनले सोमबार सम्मेलनलाई सोम्बोधन गर्नेछिन् ।
हामीले नगरेको कसूरको सजाय भोग्नु नपरोस्
राष्ट्रपति भण्डारीले नेपाल ज्यादै न्यून कार्बन उत्सर्जन गर्ने देश भए पनि जलवायु परिवर्तनको दुष्प्रभावमा पर्ने प्रमुख बन्न पुगेको बताएकी छन् । पोल्याण्ड प्रस्तान गर्नुअघि ट्विट गर्दै राष्ट्रपति भण्डारीले भनेकी छन्, ‘हामीले नगरेको, नबिगारेको कसूरको सजाय भोग्नु नपरोस्, निर्दोषमाथि अन्याय हुन नदिनु विश्व समुदायको दायित्व हो । विश्व जलवायु अनुकूलन गर्न नेपाल प्रतिबद्ध छ ।’